• निर्वाचन समाचार
advertisement

भोजपुरमा ६५ प्रतिशत मतदान

प्रदीपचन्द्र राई | आइतबार, १० मङि्सर २०७४

प्रदेश १ भोजपुर निर्वाचन क्षेत्र - १


शिक्षाज्योति आधारभुत विद्यालयमा मत खसाल्दै पूर्वमन्त्री तथा उम्मेदवार शेरधन राई। तस्बिर÷प्रदीपचन्द्र राई

भोजपुर: आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जिल्लाभर ६५ प्रतिशतको हाराहारीमा मत खसेको छ। १ लाख १३ हजार ८ सय ९१ मतदातामध्ये जिल्लाभित्र रहेका सबैजसो मतदाताले भोट हालेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी गराए। 

सामान्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ। विगतमा निर्वाचन विरोधी र उम्मेदवारलक्षित गतिविधिहरु भएकाले संवेदनशील जिल्लाका रुपमा लिएको थियो। सुरक्षा व्यवस्था गरे अनुसार अपेक्षाकृत रुपमा सभ्य र भव्य रुपमा सम्पन्न गर्न सकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र पञ्जियार थारुले बताए। 

प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि दुई सिट गरी तिन सिट छन्। प्रदेश १ मा ५८ हजार ३ सय ८३ र २ मा ५५ हजार ३ सय ६२ मतदाता छन्। ८७ मतदानस्थल तथा १ सय ४८ मतदान केन्द्र छन् । १७ वटा अति संवेदनशील, २४ वटा संवेदनशील र ४६ वटा सामान्य मतदानस्थलहरु रहेका थिए । सुरक्षाका लागि म्यादी प्रहरी ६ सय ६५, नेपाल प्रहरी ६ सय ३५ र ‘व्याकअप सपोर्ट’ का लागि सशस्त्र र नेपाली सेना तैनाथ खटाइएको थियो। 


 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार