म्याग्दीमा ६१ प्रतिशत मत खस्यो
गोपाल छन्त्याल | आइतबार, १० मङि्सर २०७४
मतदान गर्दै एक महिला।
बेनी: आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीबाट ६१ प्रतिशत मत खसेको छ । बिहान ७ देखि साँझ ५ बजेसम्म भएको मतदानमा उक्त सँख्या मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयका निर्वाचन अधिकारी केदारनाथ पौडेलले समग्रमा जिल्लामा ६१ प्रतिशत मत खसेको जानकारी दिए। ‘यो वैशाखमा सम्पन्न स्थानीय तह भन्दा ६ प्रतिशतले कमी हो। सञ्चार सम्पर्क नहुँदा आधा दर्जन मतदान केन्द्रबाट विस्तृत विवरण भने आएन’, उनले भने ।
प्रतिनिधि सभातर्फ एक र प्रदेशसभा तर्फ दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा बेनी नगरपालिकाबाट सबैभन्दा बढि ६६ प्रतिशत मत खसेको छ। अन्नपूर्ण गाउँपालिकामा ५९, रघुगंगामा ६३, धवलागिरीमा ५६, मँगलामा ६१ र मालिकाबाट ५२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लाभर ७५ हजार ५ सय ३७ मतदाता रहेको जिल्लामा ७२ मतदानस्थलमा १०६ मतदानकेन्द्र निर्धारण गरिएको थियो। जिल्लामा प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका खम्बीर गर्बुजा र लोकतान्त्रिक गठबन्धनबाट एमालेका भुपेन्द्र थापा चुनावी मैदानमा छ। त्यस्तै प्रदेशसभा क तर्फ लोकतान्त्रिक मोर्चाबाट राप्रपाका भीमप्रसाद गौचन र वाम गठबन्धनबाट माओबादी केन्द्रबाट विनोद केसी तथा प्रदेशसभा ख तर्फ लोकतान्त्रिक मोर्चाबाट अमलाल फगामी र वाम गठबन्धनबाट नरदेवी पुन चुनाबी मैदानमा छन्।
कमेन्ट गर्नुहोस्
अन्य समाचार
दाङमा समानुपातिकमा कांग्रेस पहिलो
प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...
गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...
भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित
पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...
गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...
कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी
टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...