मतदान गर्न जाँदै किरियापुत्री। अन्नपूर्ण
नुवाकोट: आइतवार सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा किरियापुत्रीले पनि मतदान गरेका छन्। नुवाकोटको विदुर नगरपालिका, लिखु र तारकेश्वर गाउँपालिका र रसुवाको कालिका गाउँपालिकाका मतदान केन्द्रहरुमा गरी आठ जना किरियापुत्रीले मतदान गरेका हुन् ।
लिखु गाउँपालिका वडा नं. २ माझीपानीमा तेजवहादुर थापामगरको निधन भएको छैटौं दिनमा उनका छोराहरु यादव, अर्जुन, रोहन, सुनील र केशवले आमासंगै मतदान गरेको मतदान अधिकृत विनोदराज खरेलले जानकारी दिए। विदुर नपा वडा नं. ५ पिपलटारका रामकृष्ण भट्टले आफ्नी आमा चुडादेवी भट्टको निधन भएको दशौं दिन चन्द्रज्योती मावि मतदान केन्द्र लामिवगैंचा पुगेर मतदान गरेको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिए।
तारकेश्वर गाउँपालिकामा पनि अर्का एक जना किरियापुत्रीले मतदान गरेका छन्। आफ्ना पिता गुमाएको छैंटो दिन भएको निर्वाचनमा संविधान र संघीयतालाई कार्यान्यन गर्ने अवसर गुमाउन नहुने जनाउँदै मतदानमा सहभागी भएको नुवाकोट लिखुका किरियापुत्री थापामगर दाजुभाइले जनाएका छन्।
रसुवाको कालिका गाउँपालिका वडा नं. ३ धारापनीमा किरियापुत्री शरण सारुमगरले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
अन्य समाचार
दाङमा समानुपातिकमा कांग्रेस पहिलो
प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...
स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...
गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...
भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित
पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...
गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...