मतदान गर्दै एक महिला।
नुवाकोट: आइतबार सम्पन्न पहिलो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नुवाकोट र रसुवामा उत्साहजनक मतदान भएको छ। नुवाकोटमा ७० र रसुवामा ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। दुई सय ९२ मतदाता रहेको रसुवाको लाङटाङमा ६० दशमलव २७ अर्थात एकसय ७२ मत मात्र खसेको रसुवाका निर्वाचन अधिकारी नवीन खालिङले जानकारी दिए।
मतदानको समय बिहान ७ देखि साँझ ५ वजेसम्म रहेपनि लाइनमा मतदाता वसिसकेपछि आधा घण्टा ढिलोसम्म मतदान सुचारु गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । नुवाकोटका दुई सय ६० र रसुवाका ४५ मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका चार सिटका ४६ जना उम्मेदवार रहेको नुवाकोटमा र एउटा प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको रसुवामा २३ जना उम्मेदवार चुनावमा प्रतिस्पर्धामा छन् ।
कमेन्ट गर्नुहोस्
अन्य समाचार
दाङमा समानुपातिकमा कांग्रेस पहिलो
प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...
स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...
गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...
भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित
पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...
गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...