• निर्वाचन समाचार
advertisement

अलमलमा मधेसी मतदाता  : मुद्दा बोक्ने वा विकासप्रेमी उम्मेदवार रोज्ने द्विविधा

जितेन्द्रनारायण ठाकुर | सोमबार, ११ मङि्सर २०७४

प्रदेश १ मोरंग


विराटनगर : मधेस आन्दोलनको क्रममा मोरङको निर्वाचन क्षेत्र नम्बर ५ संघर्षको अधारभूमिको रुपमा चिनिएको थियो। मधेस आन्दोलनको उठानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको यो क्षेत्रमा अहिले चुनावी सरगर्मी निकै तात्तिएको छ। तर, यही क्षेत्रका मतदाता भने कसलाई आफ्नो प्रतिनिधि मान्ने विषयमा अलमलमा परेका छन्।

मधेसी समुदायमा आफूहरुलाई नीतिगत रुपमै अधिकार सम्पन बनाउने पार्टीका उम्मेदवार छान्ने कि विकासको एजेन्डा लिएर आउने उम्मेदवारलाई ‘भोट दिने' भन्ने संशय देखिन्छ। मतदान गर्ने सवालमा उनीहरु अलमलमा परेको मतदाताले नै बताएका छन्। विराटनगर जतुवाका ७० वर्षीय लाखिचन्द्र यादवले विगतको निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको (मसाल)चिन्हमा मतदान गरेका थिए। तर, यो पटक भने उनी खुलेका छैनन्।चुनाव आउन अझै समय बाँकी रहेको बताउदै उनले भने,‘जकरा मे मन हेतै ओकरा मे भोट खसाइवै अर्थात जसलाई मन लाग्नविचार गरी उसैलाई दिन्छु।' अहिले नै कुन उम्मेदवालाई भोट दिने भन्ने आफूले निर्णय नगरेको यादवले बताए।

कतिपयलाई मतदाता आफूहरुलाई अधिकार दिने र विकास गरिदिने विश्वासिलो उम्मेदवारलाई मत दिने योजना बुनेको बताउँछन्। तिनै मध्येका एक हुनविराटनगर- १६ जयकिशसोर साह। भन्छन्,‘पहिलेकाले खासै दुःख बुझेनन् अब कसलाई दिने भन्ने नयाँ योजना बनाउँदै छु।' उनले यसअघि मतदान गरेका नेताहरुबाट खासै भलो नभएको आफ्नो तितो अनुभव सुनाए।

मधेसी जनताको समान अधिकार र राज्यको हरेक निकायमा समानुपातिक सहभागिताको लागि भएको मधेस आन्दोलनको अग्रपंक्तिमा रहेको सो क्षेत्रका कतिपय मतदाताहरु भने मधेसका मुद्दा भन्दापनि सदैव सहयोग गर्ने र विकास गर्ने उम्मेदवारलाई मतदान गर्ने तयारीमा रहेको बताउँछन। अधिकारको लागि विगत दुई संविधान सभाको निर्वाचनमा मतदान गर्ने गरेकाउ नीहरु मधेस केन्द्रित दलका नेताहरुको रवैया पनि अन्य दलका नेताझैं भएको टिप्पणी गर्छन।

सबै नेता एकै प्रकारका रहेकाले कसलाई मतदिने भनेर अलमलमा परेको जहदागाउँपालिका- ३ (भातिगंज)का सूर्यनारायण राजवंशी बताउँछन्। जितेर गए सबै नेता मिलेर नै घुमफिर गर्ने भएकाले अधिकार सम्पन बनाई विकास गर्ने उम्मेदवारलाई मतदिने तयारी गरेको बताउँदै भने,‘मधेसी उम्मेदवारलाई मत दिनुपर्ने नै हो तर नेता जितेर जाने र निर्वाचनको बेला मात्र भोट माग्न आउने परिपाटीले निकै दिक्क लाग्छ।' ७० वर्षीय धनीलाल यादवले मधेसीको बहुमत नपुगेकाले संविधानमा मधेसीको अधिकार नसमेटिएको बताए। यो पटक भने बहुमतको लागि मतदान गर्ने तयारीमा रहेको यादव बताउँछन्। विराटनगर-१४ की अनुसीया देवीले महिलाको आवाज बुझ्नेलाई मतदिने बताइन्।


 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार