नुवाकोट : नुवाकोटको विभिन्न स्थानमा एकसय वर्ष उमेर नाघेका वृद्धावृद्धाले मतदान गरेका छन्। वेलकोटगढी नगरपालिका, ककनी र सुर्यगढी गाउंपालिकामा तीन जना वृद्दवृद्धाले आइतबार मतदान गरेका हुन्।
नुवाकोटको पूर्वी भेगमा रहेको ककनी गाउँपालिका वडा नं. ८ की ११६ वर्षीया वृद्धा बाटुली लामिछानेले आइतबार प्रदेश तह तथा प्रतिनिधि सभाको निर्वाचनमा मतदान गरिन् । उनले ककनी गाउँपालिका-८ मात्रागाउँमा रहेको अरुणोदय मावि क मतदान केन्द्रबाट मतदान गरिन्।
उनले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गरेकी हुन्। १९५९ साल चैत्र १० गते जन्मेकी लामिछानेले मत दिएपछि मुलुकमा स्थायी शान्ति र विकास आउने आशा व्यक्त गरिन्।
नुवाकोटको पूर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिका वडा नं. १ शेराभन्ज्याङमा आइतबार एकसय तीन वर्षीय महनकुमारी पुडासैनीले मतदान गरिन्। उनले देशमा आफ्ना छोरा नाती पुस्ताले स्यायी शान्ति शान्ति देख्न पाउन् भनेर मतदान गरेको बताइन्।
नुवाकोटकै सुर्यगढी गापा वडा नं. ३ वागेश्वरीका एकसय एक वर्षीय अनन्तप्रसाद अधिकारीले पनि आइतबार प्रदेश तह तथा प्रतिनिधिसभा निर्वाचनमा मतदान गरे। उनलाई मत हाल्न उनका नाती समुन्द्रबाबु अधिकारीले सहयोग गरेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ।
कमेन्ट गर्नुहोस्
अन्य समाचार
दाङमा समानुपातिकमा कांग्रेस पहिलो
प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...
स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...
गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...
भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित
पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...
गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...