• निर्वाचन समाचार
advertisement

'संविधानलाई संस्थागत गर्न कांग्रेसको आवश्यकता'


चुनावी घरदैलो कार्यक्रमका क्रममा मतदातासंग कांग्रेस नेता प्रकाशमान सिंह।

काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सविधानलाई संस्थागत गर्न नेपाली कांग्रेसको आवश्यकता रहेको बताएका छन्।

घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा बुधबार चुनावी घरदैलो कार्यक्रमअन्तर्गत भएको भेलामा उनले भने, 'निर्वाचन नजिकिँदै गर्दा कांग्रेसलाई मतदान गर्नुपर्छ भन्ने जनविचार बढ्दै गएको छ।'

काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेता सिंहले कांग्रेसले गरेको बाचाअनुसार संविधान जारी गरिएको र सो संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसलाई जिताउन सबै मतदातामा आग्रह गरे।

सामाजिक सञ्जालमा जे-जस्तो स्थिति देखाए पनि आम मतदातामा कांग्रेसप्रतिको हेराइ सकारात्मक रहेको उल्लेख गर्दै उनले देशको आर्थिक विकासका लागि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे।

‘‘ तपाईहरुले दुई पल्ट विजयी बनाएर सविधान जारी गर्ने जिम्मेवारी पूरा गरे, अब देशलाई समृद्धिको बाटो लैजाने जिम्मेवारी पूरा गर्ने अवसर दिनुहोस्,'' पूर्व उपप्रधानमन्त्री एवं कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले भने।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार