• निर्वाचन समाचार
advertisement

सुरक्षा थ्रेटका कारण शशांक हेलिकप्टर लिएर चुनावी सभामा

हरि शर्मा | सोमबार, ११ मङि्सर २०७४

प्रदेश ४


परासी : जिल्लास्थित सुरक्षा निकायले असुरक्षाका कारण सवारी साधन लिएर जान रोक लगाएपछि नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. शशांक कोइराला हेलिकप्टरबाट पहाडी क्षेत्रमा चुनावी सभा गर्न पुगेका छन्।

निर्वाचन क्षेत्र नम्बर १ को पहाडी भेगमा पर्ने बुलिङटार र बौदिकाली गाउँपालिकाका क्षेत्रमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न कोइराला सोमबार दुम्किौलीस्थित चौधरी ग्रामबाट हेलिकप्टरमा उडेका हुन्। चुनावी कार्यक्रममा सहभागी हुन कोइरालासँगै प्रदेशसभा सदस्य (२) उम्मेदवार महेन्द्रध्वज जिसी, समानुपातिक उम्मेदवार एंव उद्योगपति विनोद चौधरी र अर्का समानुपातिक उम्मेदवार बालकृष्ण वगावल हेलिकप्टरमा गएको नेपाली कांग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरेले बताए।

कोइरालाले पहाडीभेगका अर्खला,  जौवारी, कोटथर, भारतिपुर र डेडगाउँको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको घिमिरेले जानकारी दिए।

पहाडी गाउँपालिकामा पुग्न कच्ची बाटो भएको र सो मार्गहुँदै जाँदा असुरक्षा हुने भएकाले जिल्लास्थित सुरक्षा निकायले कोइरालालाई सवारीसाधन लिएर नजान सुझाव दिएको बताइएको छ। शनिबार बिहान निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य एवं जिल्ला सभापति विष्णु लामिछानेसहितका कांग्रेस कार्यकर्ताहरू पहाडी भेगमा चुनावी कार्यक्रम लिएर जाने क्रममा बम विष्फोट भएको थियो।

शुक्रबार बिहान डा. कोइरालाको देवचुलीस्थित प्रचार कार्यालय अघि प्रेसर कुकुर बम राखेपछि सुरक्षा निकायले कोइरालामाथि उच्च सर्तकता अपनाएर हेलिकप्टरबाट जान सुझाएको बताइएको छ। निर्वाचन आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताद्वय रामचन्द्र पौडेल र कोइरालालाई चुनावी कार्यक्रम गर्नका लागि हेलिकप्टर प्रयोगको पास उपलब्ध गराएको छ। 

कच्ची बाटो र साँघुरो सडक भएकोबारे कोइराला जानकार भएको बताउँदै नवलपुरका प्रमुख जिल्ला अधिकारी शंम्भुप्रसाद मरासिनीले सुरक्षा निकायले सवारीसाधनबाट जान रोक नलगाएको दाबी गरे। ‘चुनावी कार्यक्रमलाई हामीले सुरक्षा दिने हो। उहाँहरू कसरी र कुन साधनबाट जाने हो, त्यो उहाँहरूको कुरा हो’, प्रजिअ मरासिनीले भने। धेरै ठाउँमा चुनावी कार्यक्रम रहेकाले हेलिकप्टरमा गएको हुन सक्ने उनले बताए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

प्रदेश ४ समाचार