• निर्वाचन समाचार
advertisement

थबाङको मतपेटिका हेलिकप्टरबाट ल्याइयो

खेम बुढामगर | सोमबार, ११ मङि्सर २०७४

प्रदेश ५ रोल्पा निर्वाचन क्षेत्र - १


रोल्पाको सदरमुकाम लिबाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमामा मतपेटिका बुझाइँदै। तस्बिरः खेम बुढामगर

रोल्पा (लिबाङ) : सुरक्षा दृष्टिकोणले उच्च सम्वेदनशील मानिएको रोल्पा थबाङ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सोमबार बेलुका सदरमुकाम लिबाङ ल्याइएको छ। सडक पहुँचमा नरहेको बाहिरी र भित्री गामको मतपेटिका पनि हेलिकोप्टरबाट नै ल्याइएको छ।

उवाको मतपेटिका लिन गएको हेलिकोप्टर साँझ परेकाले बस्न सकेन। ‘विकट ठाउँ र सरक्षा दृष्टिकोणले संवेदनशील मानिएकाले थबाङ, उवा र गामको मतपेटिका हेलिकोप्टरबाट ल्याउने प्रबन्ध मिलाइएको हो’, मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले भन्छन्। उवाको मत पेटिका मंगलबार मात्र सदरमुकाम लिबाङ ल्याइने भएको छ। थबाङ, उवा, गामको मतपेटिका हेलिकप्टरबाट ल्याउने भएपछि निर्वाचन कर्मचारी गाडीबाट लिबाङ फर्किएका छन्।

मतदान सकिएपछि रोल्पा नगरपालिका भित्रका मतदान केन्द्रका मतपेटिका अबेर रातिसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको थियो। सुवर्णावती गाउँपालिका केही मतपेटिका ल्याइएको छ। दुर्गम भेगका मतपेटिका सोमबार बिहानदेखि ढुवानीको चाजोपाँजो मिलाइएको थियो। दिनभरजसो मुख्य निर्वाचन अधिकृतको कार्यालय भिडभाड रह्यो।

१६० मतदान केन्द्र मध्ये बेलुकासम्म करिब एक सय मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइसकिएको हो। उवा बाहेका मतपेटिका राति १२ बजेसम्म आइसक्ने गरी ढुवानीको व्यवस्था मिलाइएको छ। सेना, सशस्त्र र जनपद प्रहरीको सुरक्षा सहित मतपेटिका ल्याइएको हो।

संकलन भएका मतपेटिकालाई उच्च सुरक्षा सतर्कताका साथ राख्ने गरी व्यवस्थान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतपेटिका राखिएका परिसर वरपर चौविसै घण्टा सुरक्षा पहरा हुनेछ। मतपेटिका राखिएका कोठामा ताल्चा लगाउने, राजनीति दलले समेत आफ्नो अलग्गै ताला लगाउन मिल्ने गरी सुरक्षित राख्ने प्रबन्ध मिलाइएको छ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार