तुलसीपुर : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनको उद्देश्य वर्तमान संविधान खारेज गर्ने रहेको दावी गरेका छन्। बुधबार दाङमा भएको चुनावी सभामा सभापति देउवाले वाम गठबन्धनका नाममा एमाले र माओवादी केन्द्रले 'तानाशाही, एकतन्त्रीय शासन व्यवस्था ल्याएर संविधान खारेज गर्दै देशमा अधिनायकवाद लाद्न खोजेको' आरोप लगाए।
लोकतन्त्र रक्षा गर्ने अवस्था आएको तर्क गर्दै देउवाले समावेशी संविधान रक्षामा जुट्न सबैलाई आग्रह गरे। 'लोकतन्त्र बचाउने कि एकात्मक सत्ता दिने? जनताले सोच्नु पर्छ', उनले भने, 'लोकतन्त्र बचे हामी सबैको हित हुन्छ, अधिनायकबाद आए पाएको उपलब्धी गुम्छ। संविधान खारेज हुन्छ र लोकतन्त्र समाप्त हुन्छ।'
नेपाली जनता अधिकारका लागि पुनः लड्नु पर्ने भन्दै त्यस्तो अवस्था आउन नदिन लोकतन्त्रलाई बचाई राख्ने जिम्मा जनताको भएको उनले बताए। कांग्रेसले मात्रै लोकतन्त्रको रक्षा र देशमा सम्वृद्धि ल्याउन सक्ने उनको दावी छ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनलाई नेपाली लोकतन्त्रवादी जनताले 'चुनाव मार्फत देखाइदिने' बताए। 'नेपाली जनता लोकतन्त्रको पक्षमा छ', उनले भने, 'वाम गठबन्धनको चुरीफुरी नेपाली जनताले चुनावमार्फत मेटाइदिनेछन्।'
कमेन्ट गर्नुहोस्
अन्य समाचार
स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...
गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...
भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित
पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...
गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...
नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित
पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...