• निर्वाचन समाचार
advertisement

मतदाता शिक्षा दिन ‘महादान’ सडक नाटक

बुधबार, ०६ मङि्सर २०७४

प्रदेश ६ जाजरकोट


जाजरकोटको खलंगामा आयोजित महादान सडक नाटक। तस्बिर: राजेन्द्र कार्की

जाजरकोट: आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा जाजरकोटमा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो बढिरहेका बेला मतदाता शिक्षा सम्बन्धि ‘महादान’ सडक नाटक प्रस्तुत गरिएको छ। बुधबार सदरमुकाम खलंगामा निर्वाचन आयोगको सहयोगमा आरङ्ग नेपालले सडक नाटकको देखाएको हो। नाटक हेर्न स्थानीयको घुइँचो लागेको थियो। आरङ्ग नेपालले ६ नम्बर प्रदेशका विभिन्न जिल्लामा सडक नाटकको माध्यामबाट मतदाता शिक्षा प्रदान गर्ने भएको छ।

तीन ओटा मतपत्रमा मत हाल्नु पर्ने र त्यसमध्ये दुई समानुपातिक र दुई प्रत्यक्ष गरी चार ठाउँमा मत हाल्नुपर्ने भएकोले धेरै मत बदर हुने सम्भावना देखिएपछि सडक नाटकको माध्यमद्वारा मतदाता शिक्षा प्रदान गरिएको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले बताए।

मतदाता शिक्षा संचालन नहुँदा अहिले पनि धेरै अशिक्षित पुरुष र महिलाहरु भोट कसरी हाल्ने? कति ठाँउमा हाल्ने? कसरी पट्याउने भन्नेबारे अनभिज्ञ छन्। आसन्न निर्वाचनमा समानुपातिक दुई, प्रदेश र प्रतिनिधि सभा गरी तीन मतपत्रमा चार ठाउँमा मतदान गर्नु पर्ने भएकोले पनि धेरै मतदाता अन्यौलमा पर्ने देखिएको छ। जाजरकोटका ग्रामिण भेगका अशिक्षित महिला, पुरुषहरुलाई मतदाता शिक्षाबारे कुनै पनि जानकारी छैन।

जिल्ला निर्वाचन कार्यालयबाट खटिएका मतदाता स्वयम्सेवकहरुले मतदाता शिक्षा प्रभावकारी रुपमा सञ्चालन नगर्दा मतदातामा अन्यौलता सिर्जना भएको छ। सडक नाटकको माध्यमबाट मतदाता शिक्षा दिदा प्रभावकारी हुने जिल्ला निर्वाचन अधिकारी बुढाथोकीले विश्वास व्यक्त गरे।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ६ समाचार