• निर्वाचन समाचार
advertisement

गुल्मेली मतदाता भन्छन् : ‘रेसुगां विमानस्थल सञ्चालन गर्नेलाई भोट'

गंगा खड्का | बुधबार, १३ मङि्सर २०७४

प्रदेश ५ गुल्मी निर्वाचन क्षेत्र - १


क्षेत्र नं २ वाम गठबन्धन एमालेका  प्रतिनिधि सभाका उम्मेदवार गोकर्ण विष्टसंग जिल्लाको समग्र विकासको माग राख्दै मतदाता। तस्बिर : गंगा खड्का

गुल्मी ः प्रतिनिधि र प्रदेशसभा दोश्रो चरण निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेदवारहरुले मतदातासँग मत मागिरहेका छन्। उनीहरुले मतदातालाई विभिन्न विकासका पूर्वाधार पुर्‍याइदिने भन्दै आफूहरुलाई मतदान गर्न आग्रह गरेका छन्। तर, मतदाताले पनि उम्मेदवार भोट माग्न आउँदा खुलेरै आफ्ना समस्या र गुनासा राख्ने गरेका छन्। मतदाताले उम्मेदवार भोट माग्न आउँदा विमानस्थल सञ्चालनको माग गरेका हुन्।

लामो समयदेखि सञ्चालन हुन नसकेको रेसुंगा नगरपालिका सिमिचौरस्थित थालेमालेमा निर्माणधीन रेसुंगा विमानस्थल छिट्टै सञ्चालन गर्नुपर्ने माग मतदाताहरुको छ। रेसंगा नगरपालिका-१ की चन्दा घिमिरेले विमानस्थल सञ्चालन गर्ने उम्मेदवारलाई मत दिने बताइन्। ‘मैले क्षेत्र नं २ बाट भोट हाल्छु,उनले भनिन्,विमानस्थल एकमा पर्छ। छिटो सञ्चालन गर्न सक्नेलाई मात्र भोट दिने हो।'

उनले विमानस्थल जिल्लाकै गौरव भएकोले आफ्नो क्षेत्रका उम्मेदवारले समेत पहल गर्नुपर्ने उनको भनाई छ।  उनीजस्तै सोही नगरपालिका-२ की ५२ वर्र्षीय वेलकुमारी खत्रीले पनि विमानस्थल सञ्चालन गर्ने उम्मेदवारलाई मत दिने बताइन्। ‘अहिलेसम्म भोट माग्न कोही आएको छैन, खत्रीले भनिन्, ‘भोट माग्न आए विमानस्थल सुरु गर्न माग राख्छु।' रेसुंगा विमानस्थल सञ्चालन भए जिल्लाको समग्र आर्थिक विकास हुने बताउँदै राजधानीसम्म ओहोरदोहोर गर्न सहज हुने समेत खत्रीको भनाई छ। 

मालिका गाउँपालिका-५ का प्रेम जिसीको माग पनि उस्तै छ। जिसीले उम्मेदवारले स्थानीयको आवश्यकता र समस्या बुझेर चुनावी एजेण्डा बनाउने भन्दा पनि आफूखुसीका कार्यक्रम अगाडि बढाउनाले मतदाताको हितमा नरहेको बताए। ‘१५/२० वर्ष भयो। विमानस्थलको काम सुरु भएको ,'उनले भने, ‘तर कुनै नेताले निर्माणलाई तीव्रता दिन सकेका छैनन्।' उनले विगतमा थुप्रै योजना लिएर उम्मेदवार मत माग्न आएको स्मरण गर्दै विमानस्थल सञ्चानल गर्ने कुनै नेताको प्रमुख कार्यमा नरहेको समेत उनले जानकारी गराए।

निर्माणाधीन अवस्थामा रहेको जिल्लाको एकमात्र रेसुंगा विमानस्थल सञ्चालनको काम छिट्टै हुनुपर्ने माग आम जिल्लावासी मतदाताको छ। उक्त विमानस्थल केन्द्रीय नेताहरु प्रदिप ज्ञवाली र चन्द्र भण्डारीको निर्वाचन क्षेत्रभित्र पर्छ। हाल दुवै नेता प्रतिनिधि सभाका लागि सोही क्षेत्रबाट चुनावी मैदानमा छन्। जिल्लाकै गौरवको योजना भएकोले क्षेत्र नं २ का उम्मेदवार गोकर्ण विष्ट र चन्द्र केसीले समेत पहल गर्नुपर्ने स्थानीय बताउँछन्। 

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार