• निर्वाचन समाचार
advertisement

रोजगार दिनेलाई भोट

वन्दना बम | बुधबार, १३ मङि्सर २०७४

प्रदेश ७


डडेल्धुरा : सुदूरपश्चिको डडेल्धुराका मतदाताले जिल्लामा आर्थिक समृद्धि ल्याउने उम्मेदवारलाई भोट दिने बताएका छन्। कांग्रेसको चुनावी प्रचारमा रहेका प्रदेशसभा क्षेत्र नम्बर २ का उमेदवार कर्ण मल्लसँग घरदैलोमा भेटिएका मतदाताले आफ्नो गाउँमा बेरोजगारी समस्या रहेकाले बेरोजगार युवालाई रोजगारी दिने उम्मेदवार वा दललाई भोट दिने भद्रपुरका अर्जुन मल्लले बताए। कांग्रेस उम्मेदवार मल्लले भने, ‘पश्चिम सेती जलविद्यत् आयोजना र पञ्चेश्वरमार्फत केही हदसम्म बेरोजगारी घटाउने र प्रत्येक घरका एक जनालाई रोजगारीको व्यवस्था हुनेछ।'

त्यस्तै चुनावी प्रचारप्रसार गर्न चिपुर पुगेका वाम घटकका नेता धनबहादुर साउद पनि आफूहरू लोकतन्त्रको पक्षमा नै रहेकाले रोजगारीका अवसर सिर्जना गर्न आफ्ना उम्मेदवार र पार्टीलाई भोट दिन अनुरोध गर्दै थिए। चुनावपछि नेताहरूलाई देख्न नपाउने डडेल्धुराका मतदाता अहिले भने आफ्ना माग पूरा गर्नेलाई मात्रै मतदान गर्ने बताइरहेका छन्। दोस्रो चरणअन्तर्गत मंसिर २१ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मत माग्न घरदैलोमा आउने उम्मेदवारलाई डडेल्धुराका मतदाताले आफ्नो गाउँमा विकासका एजेन्डा लिएर आउनेलाई मात्रै मतदान गर्ने बताएका छन्।

विकास र समृद्धि आफूहरूको पहिलो माग रहेको यहाँका मतदातहरूको भनाइ छ। भागेश्वरका निरज मल्ल भन्छन्, ‘कैयौं युवा रोजगारीका लागि छिमेकी मुलुक भारत जाने गरेका छन्। त्यसतर्फ ध्यान दिने र युवालाई रोजगारीका सिर्जना गर्ने उम्मेदवारलाई हामी यसपटक भोट दिन्छौं।' निर्वाचनको मिति नजिकिएसँगै दलहरूले पनि आफ्ना ऐजेन्डा लिएर गाउँ-गाउँ पस्न थालेका छन्। जिल्लामा पार्टीको वैचारिक सिद्धान्तभन्दा पनि विकासका एजेन्डामार्फत कांग्रेस र वाम गठबन्धनका नेताहरू मतदाता रिझाउने काममा सक्रिय हुन थालेका छन्।

प्रतिनिधिसभामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा र वाम गठबन्धनका तर्फबाट माओवादीका खगराज भट्टबीच मुख्य प्रतिस्पर्धा हुँदै छ। डडेल्धुराबाट पाँच पटक चुनाव जितिसकेका प्रधानमन्त्री देउवा छैटौं पटक चुनाव जितेर इतिहास रच्ने दाउमा छन् भने वाम गठबन्धनका भट्ट पनि दुई संविधानसभाको निर्वाचनमा देउवासँगको पराजयलाई विजयमा परिणत गर्ने कसरतमा छन्।

दुई प्रदेशसभा रहेको डडेल्धुरामा ‘क' मा कांग्रेसबाट रघुवीर भट्ट र वाम गठबन्धनका तर्फबाट पठान सिंह बोहरा चुनावी प्रतिस्पर्धामा छन् भने ‘ख' मा कांग्रेस डडेल्धुराका जिल्ला सभापति कर्ण मल्ल र वाम गठबन्धनबाट एमाले डडेल्धुराका जिल्ला अध्यक्ष डा.तारा जोशी प्रतिस्पर्धामा रहेका छन्।

विगतका निर्वाचनमा जिल्लामा कांग्रेसको पकड तुलनात्मक रूपमा बलियो भए पनि गत स्थानीय निर्वाचनको मत परिणामअनुसार वाम गठबन्धन अगाडि देखिएको छ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार