• निर्वाचन समाचार
advertisement

एम्बुस विस्फोटमा उम्मेदवारसहित चार घाइते

भरत खड्का | बुधबार, १३ मङि्सर २०७४

प्रदेश १ उदयपुर निर्वाचन क्षेत्र - १


गाईघाट : नेपाली कांग्रेस उदयपुरका उम्मेदवार नारायण कार्कीलाई लक्षित गरी अज्ञात समूहले बुधबार बिहान थापेको एम्बुस पड्कँदा उम्मेदवारसहित ४ जना घाइते भएका छन्।

उदयपुरगढी गाउँपालिका ६ नेपालटार बजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्न जाँदै गरेका प्रतिनिधिसभा २ का कांग्रेसका उमेदवार कार्कीलाई लक्षित गरी सोही वडाको दनुवारबेसीमा थापिएको एम्बुस विस्फोट भएको हो।

विस्फोटनमा उम्मेदवार कार्की, उदयश्री बहुमुखी क्याम्पस कटारीका नेविसंघका सभापति मिरा कटुवाल, नाम नखुलेका चालक र अन्य एक कार्यकर्ता घाइते भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताए।

प्रजिअ श्रेष्ठका अनुसार घाइतको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टर मगाइएको छ। कार्कीको एउटा हात चलेको छैन भने कटुवालको पैतलामा चोट लगोको जनाइएको छ।

घटनास्थल सदरमुकाम गाईघाटदेखि ४५ किलोमिटर पश्चिम क्षेत्रमा रहेकाले घटनास्थलतर्फ भर्खरै प्रहरी पठाइएकाले विस्तृत विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ।

मंगलबार मात्र नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वचन क्षेत्र १ का उम्मेदवार डा. नारायण खड्का र सोही क्षेत्रको प्रदेससभा २ का कांग्रेसका उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी बम विस्फोट गराइएको थियो।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार