• निर्वाचन समाचार
advertisement

प्रदेश सांसदका लागि रस्साकस्सी

कृष्ण सारु मगर | बुधबार, १३ मङि्सर २०७४

प्रदेश ३ मकवानपुर


हेटौंडा : मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रदेश सभा सदस्यको लागि रस्साकस्सी सुरु भएको छ । आफ्नो पक्षमा मतदातालाई प्रभावित गर्न चुनावी अभियान लिएर गाउँघरमा ब्यस्त रहेका उम्मेदवारहरु मिठा सपनाहरु बाँड्दै हिँडेका छन् ।

मकवानपुरबाट ४ प्रदेश सदस्यको लागि चार दर्जन उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवाहरुबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश सभा सदस्यको लागि प्रतिनिधिसभा मकवानपुर २ अन्तर्गत ख क्षेत्रले जिल्लाको ध्यान खिचेको छ ।

लोकतान्त्रिक गठबन्धनबाट पूर्व गृह राज्यमन्त्री तथा मकवानपुर १ बाट निर्वाचित निवर्तमान सांसद इन्द्र बानियाँ र बाम गठबन्धनबाट यसै क्षेत्रका निवर्तमान सांसद राजाराम स्याङ्तान चुनावी मैदानमा छन् । उनीहरु दुबै जना निवर्तमान सांसदबाट प्रदेश सांसदमा प्रतिस्पर्धी भएका हुन् ।

यस क्षेत्रमा गरेको विकास निर्माण र बाम गठबन्धनको मतका कारण आफ्नो सहजै जित देख्छन्,स्याङ्तान । ‘स्थानीय तहको निर्वाचनको मत अनुसारै हामी ६ हजार मतले अगाढी छौं’, उनले भने, ‘म यसै क्षेत्रको स्थानीय भएकाले पनि आम जनताको भरोसा मै माथि छ ।’ मकवानपुर १ छाडेर २ नम्बर क्षेत्रमा चुनाव लड्न आएका बानियाँको भने फरक तर्क छ । उनी भन्छन्, ‘एक नम्बर क्षेत्रमा मैले निर्वाचित भएपछि बोलेको सबै कुरा पुरा गरेँ, जिल्लाको बिकट र पिछडीएको क्षेत्रको विकास गर्न साविकको चार नम्बर क्षेत्र रोजेको हुँ ।’ बढ्दो जनलहरका कारण प्रतिस्पर्धीहरुले हार स्वीकार गरिसकेको बानियाँको दाबी छ ।

मकवानपुर २ अन्तर्गत नै क क्षेत्रमा बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका यतिराज सापकोटा चुनावी मैदानमा छन् । पहिलो चरणको चुनावी कार्यक्रम सकाएर दोस्रो चरणको अभियानमा रहेकी मोक्तान आफ्नो प्रतिस्पर्धी नै नरहेको दाबी गर्छिन् । ‘मकवानपुर कम्युनिष्टको किल्ला हो र त्यसको केन्द्र मेरो निर्वाचन क्षेत्रमा पर्छ’, उनले भनिन्, ‘भारी मतले मलाई यस क्षेत्रका मतदाताले विजयी गराउनेमा म ढुक्क छु ।’ 

उनी २०६४ मा मकवानपुर ४ बाट सांसद निर्वाचित भएकी थिईन् । मोक्तानका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सापकोटा भने यस पटक लोकतान्त्रिक गठबन्धनको जित हुनेमा विश्वस्त छन् । ‘दुई दशकदेखि बाम्पन्थीलाई जिताएपनि यस क्षेत्रको विकास भएन,बाम्पन्थीदेखि जनता निरास पाएँ’, उनले भने, ‘विकास र समृद्धिको लागि यस पटक यो क्षेत्रमा काँग्रेसको झण्डा फहरिन्छ ।’ सापकोटा काँग्रस मकवानपुर २ का सभापति हुन् । यस क्षेत्रबाट २०७० सालमा नेकपा एमालेका सुभाषचन्द्र ठकुरीसँग नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजि श्रेष्ठ पराजित भएका थिए ।

मकवानपुर १ अन्तर्गत प्रदेश सभा क मा पनि कडा प्रतिस्पर्धा देखिएको छ । बाम गठबन्धनबाट पूर्व सभासद प्रेम बहादुर पुलामी(छिन्तु) र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका धर्मराज लामिछाने चुनावी मैदानमा छन् । स्थानीय तह निर्वाचनमा एमाले र माओवादीले ल्याएको मतका कारण पुलामी आफुलाई सुविधाजन अवस्थामा देख्छन् । ‘प्राय सबै गाउँमा पुगेर आफ्नो कुरा राखेको छु’, उनले भने, ‘यस्तो माहौल हुँदा पनि बाम गठबन्धनको जित भएन भने त्यो अनौठो नै हुनेछ ।’ 

पहिलो पटक चुनावी मैदानमा होमिएका लामिछाने नयाँ जोश जाँगरका साथ प्रचार प्रशारमा ब्यस्त छन् । ‘यस क्षेत्रमा काँग्रेसले जित्दा बाम्पन्थीहरुले दशकमा गर्न नसकेको काम भयो’, उनले भने, ‘हामी बोल्दैनौ,काम गर्छौ,जनताले पनि बोल्दैन हामीलाई मत दिन्छन् ।’

मकवानपुर २(ख) मा हेटौंडा उपमहानगरपालिकाको धेरै क्षेत्र पर्ने भएकाले यस क्षेत्रमा धेरैको चासो छ । शहरका शिक्षित मतदाताका कारण उम्मेदवारहरुलाई मिठो आश्वासन दिएर मात्र सुख छैन । उनीहरु आफुले गर्नसक्ने कामको प्रतिबद्धा सहित जनताको घरदैलोमा पुगिरेहका छन् । यस क्षेत्रमा बाम गठबन्धनबाट नेकपा एमालेका डोरमणि पौडेल र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका अशोक शाक्य प्रतिस्पर्धी छन् । दुई पटक हेटौंडा नगरपालिकामा मेयर निर्वाचित पौडेल हेटौंडाको विकासको सुरुवात नै आफुले गरेकाले यसको बिस्तार पनि आफ्नै नेतृत्वमा हुने दाबी गर्छन् ।

 ‘मैले हेटौंडामा धेरै काम गरेर देखाईसकेको छु, मलाई जनताले परिक्षण गरिरहनुपर्दैन’, उनले भने । पौडेल नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् । लोकतान्त्रिक गठबन्धनका शाक्य भने गरिबी र अभावमा रहेकाहरुलाई मात्र बाम्पन्थीहरुले भ्रममा राख्न सक्ने दाबी गर्छन् । ‘बजारका मतदाताले बामपन्थीको नियत बुझेका छन्, हेटौंडाको मात्र विकास होईन देशकै समग्र विकास लागि पनि यस क्षेत्रको मतदाताको रोजाई लोकतान्त्रिक गठबन्धन नै हुनेछ ।’

उम्मेदवारहरु चुनाव प्रचारमा ब्यस्त रहेपनि तठस्त मतदाताहरु अझै पनि उम्मेदवार रोज्ने क्रममा नै रहेका छन् । स्थानीय निर्वाचनको मत परिणाम अनुसार केही सुविधाजन अवस्थामा बाम गठबन्धन रहेपनि चुनावी प्रतिस्पर्धामा हार जित ठम्याउन मुश्किल रहेको स्थानीय बुद्धिजिवीहरुको भनाई छ ।

१) राजाराम स्याङ्तान
२) इन्द्र बानियाँ
३)कुमारी मोक्तान
४) यतिराज सापकोटा
५)प्रेम बहादुर पुलामी
६) धर्मराज लामिछाने
७) डोरमणि पौडेल
८)अशोक शाक्य । 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार