• निर्वाचन समाचार
advertisement

सूर्यबहादुरको विरासत धान्ने चुनौती

हरिबहादुर लम्जेल | बिहिबार, १४ मङि्सर २०७४

प्रदेश १ धनकुटा


धनकुटा : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन धनकुटामा रोचक बन्दै गएको छ। यहाँ लोकतान्त्रिक र वाम गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुवै गठबन्धनका उम्मेदवारले अहिले चुनावी सभा र घरदैलो अभियानलाई तीव्र बनाएका छन्। यसले सहरदेखि गाउँसम्म चुनावी रौनक बढाएको छ।

प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा (प्रजातान्त्रिक)का महामन्त्री सुनीलबहादुर थापा चुनावी मैदानमा छन्। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका पुत्र सुनीललाई कांग्रेस र संघीय समाजवादी फोरमको समर्थन छ।

उनका मुख्य प्रतिस्पर्धी एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई छन्। स्थानीय निर्वाचनमा धनकुटाका सबै तह जिताएका राईलाई माओवादी केन्द्रको साथ छ।

दुवै गठबन्धनका उम्मेदवारले अहिले चुनावी अभियानलाई तीव्र बनाएका छन्। आफ्नो पक्षमा जनमत पार्न उनीहरूले चुनावी सभा र घरदैलो अभियानमार्फत मतदातासँग भोट मागिरहेका छन्। बुवाको विरासत जोगाउन थापालाई मुख्य चुनौती देखिएको छ। सांगठनिक हिसाबले बलियो देखिएको एमालेको स्थानीय तहको विजयलाई निरन्तरता दिन राईलाई चुनौती छ। दुवै उम्मेदवारले प्रदेश नम्बर १ को राजधानी धनकुटा बनाउने मुद्दालाई भने साझा रूपमा उठाएका छन्।

थापा र राईबीच दोस्रो संविधानसभा निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो। यी दुईबीच तत्कालीन धनकुटा क्षेत्र नम्बर २ मा प्रतिस्पर्धा भएको हो। त्यस बेला थापाले निर्वाचन जितेका थिए। यी दुईबीचको हार–जित अन्तर चार सय ५६ मत थियो। थापाले १० हजार ९३ र राईले नौ हजार ६ सय ३७ मत पाएका थिए।

थापा वर्तमान सरकारमा उद्योगमन्त्रीसमेत छन्। उनी दोस्रो संविधानसभा निर्वाचनको एक वर्षअघि मात्र उनी राजनीतिक क्षेत्रमा लागेका हुन्। उनी राजनीतिमा आउनुअघि संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायोगमा सन् १९८९ देखि २०१२ सम्म जागिरे थिए। सूर्यबहादुरले आफ्नो उत्तराधिकारीका रूपमा छोरालाई राजनीतिमा ल्याएका थिए।

देशमै सूर्यबहादुरको जगजगी भएका बेला ‘मुगाली थापा'हरूको आँगनमा बसेर कम्युनिस्ट हुन सजिलो थिएन। त्यही अवस्थामा कम्युनिस्ट बनेका थिए राई।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार