• निर्वाचन समाचार
advertisement

राजनीतिक उपलब्धि बुझाउँदै नेता, विकास खोज्छन् मतदाता

कुमार लुइँटेल | बिहिबार, १४ मङि्सर २०७४

प्रदेश १ मोरंग


मतदातालाई राजनीतिक उपलब्धि बुझाउँदै कांग्रेस नेता महेश आचार्य। अन्नपूर्ण

कांग्रेस नेता विजयकुमार गच्छदारले खनारमा भएको चुनावी सभामा नयाँ संविधान निर्माणपछि प्राप्त उपलब्धि सम्झाउन भाषणको तीनचौथाइ समय खर्च गरे । सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका गच्छदारले संविधानबाट सुरक्षित भएका अधिकार, महिलाले प्राप्त गरेको राजनीतिक आरक्षणको फाइदा, आदिवासी जनजातिको बढ्दो सहभागिता अनि संघीय लोकतान्त्रिक गणतन्त्रबारे भाषण गरे।

‘संविधानले अधिकार दिएर त हो नि भर्खरै भएको स्थानीय तह निर्वाचनबाट एउटै तहमा ४१ जनासम्म महिला विजयी भएको नत्र पहिले यसरी कति महिला जितेर राज्य सञ्चालनको तहसम्म पुग्थे? ', उनले प्रतिप्रश्न गर्दै भने,‘अब माथिका धेरै अधिकार स्थानीय तहमार्फत तलसम्म आइसकेको छ । यही हो लोकतन्त्रको उपलब्धि।'

संविधानसभा सदस्यमा निर्वाचित भएका ठूला दलका उम्मेदवारले निर्वाचन प्रचार र आफ्नो सभामा नयाँ संविधान निर्माणसँगै प्राप्त अधिकार बुझाउने काम गरिरहेका छन् । राजनीतिक उपलब्धिलाई जनस्तरमै गएर बुझाउने अवसरका रूपमा कतिपय दलका नेताले यो निर्वाचनलाई लिएका छन् ।

मतदाताले भने नेता तथा उम्मेदवारसँगको अधिकांश भेटघाट अनि अन्तरसंवादमा विकाससँग सम्बन्धित विषयलाई मात्र उठाउने गरेका छन्। मोरङ क्षेत्र नम्बर ६ बाट एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु पण्डित पनि चुनावी सभामा राजनीतिक उपलब्धिबारे चर्चा गर्छन्।

गाउँघरमा हुने घरदैलोमा जाँदा होस् या चुनावी सभामा पण्डितको भनाइ नै हुने गर्छ, ‘नयाँ संविधानले धेरै अधिकार गाउँ तहसम्म ल्याएको छ । अब यसलाई पूर्ण कार्यान्वयन गराउने काम मात्र बाँकी छ।' राजनीतिक सत्चरित्र र स्थायित्व भए मात्र विकास हुने उल्लेख गर्दै उनी भन्छन्, ‘मतदाताको ध्यान विकास र स्थानीय आवश्यकतामा मात्र केन्द्रित छ तर अहिलेको निर्वाचनको महत्व भनेको त्योभन्दा पनि माथि हो।'

कांग्रेस केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मदेवार महेश आचार्यको ध्यान जनतालाई गणतन्त्र स्थापनापछि के–के उपलब्धि भयो र त्यसले जनताको के हित हुन्छ/हुनेछ भन्ने बुझाउनमै केन्द्रित हुन्छ। ‘कानुन निर्माताका रूपमा जनमत लिएर गएका सांसदहरूले संविधानसभामार्फत संविधान बनाएर एक चरणको आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन्', उनी भन्छन्, ‘अब स्थानीय विकास स्थानीय तहबाट हुने भएकाले हामीले समन्वयकारी भूमिका मात्र निर्वाह गर्ने हो।' जनस्तरबाट सांसद पनि विकासका मात्र संवाहक हुन् भन्ने बुझाइ हुनु स्वाभाविक भएको टिप्पणी गर्दै उनी अब फराकिलो सोचका साथ मुलुकको आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने सुझाउँछन्।

अघिल्ला निर्वाचनहरूमा जस्तै यसपटक पनि स्थानीयस्तरमा मतदाताले जनप्रतिनिधिको जिम्मा विकास मात्र गर्ने हो भन्ने बुझ्ने गरेका छन् । नागरिक समाजले यस्तो विषयलाई चिर्न समन्वयकारी भूमिका निर्वाह गर्न सकेको देखिएको छैन। प्रतिनिधिसभा तथा प्रदेशसभामा चुनिएर जाने प्रतिनिधिको जिम्मेवारी तथा विकास फरक कुरा हुन् भन्ने बुझाउन दलले पनि सकिरहेका छैनन्।

सुनसरीको बर्जु गाउँपालिकाका गोविन्द नेपाल भन्छन्, ‘पछिल्लो केही दशकमा मुलुकले विकासमा पछौटेपन भोगेका कारण निर्वाचनमा उठ्ने र जित्नेहरूको काम विकास मात्र ल्याउने भन्ने बुझाइ छ। यस्तो सोचमा परिवर्तन ल्याउन अनि गणतन्त्रको उपलब्धिलाई जनस्तरसम्म लगेर परिवर्तन गर्न समय लाग्ने देखिन्छ।'

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार