• निर्वाचन समाचार
advertisement

विकासको अभियान नयाँ पुस्तालाई सुम्पन चाहन्छु : चौधरी

अन्नपूर्ण | बुधबार, ०६ मङि्सर २०७४

प्रदेश १ ओखलढुंगा निर्वाचन क्षेत्र - १


ओखलढुंगा : नेपाली कांग्रेस नेता एवं उद्यमी विनोद चौधरीले आफूले थालेको एलमशीलता विकासको अभियान भावी पुस्तालाई सुम्पन चाहेको बताएका छन्। आफ्नो राजनीतिक भेटघाटका क्रममा बुधबार ओखलढुंगाको रामकोट पुगेका चौधरीले आफू नेपाली कांग्रेसको राजनीतिमा लाग्नुको रहस्य खोल्दै यस्तो बताएका हुन्।

मंगलबार सोलुखुम्बुमा आयोजित कार्यक्रममा सहभागी भएका चौधरी ओखलढुंगाका कांग्रेस नेता एवं प्रतिनिधिसभाका उम्मेदवार रामहरी खतिवडाको आग्रहमा बुधबार ओखलढुंगा पुगेका हुन्।

नेपालमा राजनीतिक मुद्दा सकिएको भन्दै आर्थिक समृद्धिको मुद्दामा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकोले आफूले नेपाली कांग्रेसलाई रोजेको उनले स्पष्ट पारे। ‘आर्थिक समृद्धिको अभियानमा कांग्रेसले साथ दिने वचन नदिएको भए आज म यस ठाउँमा हुने थिइन’,  चौधरीले भने। राजनीतिका लागि मात्रै राजनीति गर्ने उद्देश्य नभएको स्पष्ट पार्दै उनले थपे, ‘आर्थिक समृद्धि बिनाको राजनीति गर्ने मेरो कुनै अभिष्ट छैन।’ 

देशभर कांग्रेसको पक्षमा देखिएको जनलहरले आफू निकै हौसिएको चौधरीले बताए। चौधरीले कांग्रेसको अबको लडाईं समृद्धि र विकासको भएको उल्लेख गरे।  कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आर्थिक समृद्धिको परिकल्पना लोकतन्त्रमा मात्र सम्भव भएको दाबी गरे। आर्थिक समृद्धिको योजना निर्माण र कार्यान्वयनका लागि नै चौधरी जस्तो अन्तर्राष्ट्रिय छवि बनाएका व्यक्तित्वलाई कांग्रेसमा ल्याएको उनले प्रतिक्रिया दिए। 

अबको नेपाल कस्तो बनाउने भन्ने कुराको निर्णय नेपाली जनताले गर्ने भन्दै आर्थिक समृद्धिको अभियानमा साथ दिन कोइरालाले आग्रह गरे। ओखलढुंगाबाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडाले पनि समृद्धि र विकासका लागि आफ्नो पाटीले महत्वपूर्ण भूमिका खेल्ने बताए। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार