• निर्वाचन समाचार
advertisement

उम्मेदवारलार्इ मतदाता फकाउनै सकस

यादव आचार्य | बिहिबार, १४ मङि्सर २०७४

प्रदेश ५ बर्दिया


सांगितिक कार्यक्रममार्फत मतदाता फकाउँदै दलहरु। तस्बिर: यादव

बर्दिया: प्रतिनिधि तथा प्रदेससभा निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लाका उम्मेदवारलाई मतदाता फकाउनै सकस भएको छ।

एमाले उपाध्यक्ष तथा बर्दिया १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार वामदेव गौतमलाई ०७० को संविधानसभाको उपनिर्वाचनमा बर्दिया किन छोडेको भनेर मतदातासमक्ष जवाफ दिन भ्याइ नभ्याई छ। ‘प्युठान जिल्लामै मर्ने बाँच्ने' भनेर खाएको कसम ‘बेलाको बोली निल्नु न ओकल्नु' बनेको छ। उनले पार्टी निर्णयका कारण बर्दिया छोड्नुपरेको जवाफ दिइरहेका छन्।

जिल्लाका हाई प्रोफाइल नेता गौतमले बबई सिँचाइ आयोजना त ल्याए त्यसपछि देखिने गरी विकासका काम नगरेको स्थानीयको आरोप छ।

बर्दिया १ का प्रतिनिधिसभा सदस्यमा वामदेवका प्रतिस्पर्धी सिँचाइमन्त्री एवं कांग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमलाई पनि मतदाता फकाउन सकसै छ। सांसददेखि मन्त्री हुँदा उनले पनि विकासका देखिने काम गरेका छैनन् । ०७० को संविधानसभामा बर्दिया १ बाट निर्वाचित सञ्जय यसपटक जिल्लाको वाम पकड क्षेत्रमा उम्मेदवार बनेका छन्। वाम गठबन्धनको तालमेल फोड्दै मतदाता फकाउन उनलाई झन हम्मेहम्मे परेको छ।

जितेर जाने तर विकासमा ध्यान नदिने भएपछि मतदाता पनि निरास छन्।

बढैयाताल गाउँपालिका ६ मैनापोखरका गणेशराज कोइराला विकासप्रेमी उम्मेदवारलाई मत दिने बताउँछन्।

जिल्लाका गुलरिया, बाँसगढी, बाह्रबर्दिया, मधुवन, राजापुर, ठाकुरबाबा नगरपालिकालगायत बढैयाताल र गेरुवा गाउँपालिकामा वाम र लोकतान्त्रिक गठबन्धनले चुनावी रौनक बढाएका छन्।
बर्दिया २ मा वाम र लोकतान्त्रिक गठबन्धनबाट थारू समुदायका दुई बहालवाला मन्त्री प्रतिस्पर्धामा छन् । कांग्रेसबाट भूूमिसुधार मन्त्री गोपाल दहित र माओवादी केन्द्रबाट बिनाविभागीय मन्त्री सन्तकुमार थारू मतदाता फकाउने प्रयत्नमा छन्।

५२ प्रतिशत थारू रहेको जिल्लाका यी थारू उम्मेदवारका लागि समुदायको उत्थान चुनौती बनेको छ। राजापुर निवासी छप्पुराम थारू भन्छन्, ‘थारू समुदायलाई फकाउन दुवै उम्मेदवार लालायित छन्। हामी क्षेत्रको विकास गर्नेलाई भोट दिने मनस्थितिमा छौं।'

स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मान्दा जिल्लामा वाम गठबन्धन कांग्रेसभन्दा बलियो छ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार