• निर्वाचन समाचार
advertisement

चुरे संरक्षण गरी बस्ती जोगाउनेलाई भोट

विष्णुप्रसाद देवकोटा | बिहिबार, १४ मङि्सर २०७४

प्रदेश ७ कंचनपुर


भीमदत्त नगरपालिका १ को बारकुन्डा बस्ती । तस्बिरः विष्णुप्रसाद देवकोटा/अन्नपूर्ण

महेन्द्रनगर: सदरमुकामदेखि झन्डै सात किलोमिटरको दूरीमा पर्छ, बारकुन्डा बस्ती । भीमदत्त नगरपालिका १ को यो विकट बस्ती बर्सेनि चुरेबाट बगेर आउने खहरे खोला र बाढीको जोखिमका कारण संकटमा छ । ‘चुनावका बेला नेताहरू आउँछन् । अहिल्यै बस्ती जोगाउने योजना ल्याउँछौं भनेर गुलिया कुरा गर्छन्', भीमदत्त नगरपालिका १ बारकुन्डाका धनबहादुर बमले भने, ‘ जितेपछि कहिल्यै फर्केर आउँदैनन् ।'

बस्ती संरक्षण नेताका लागि चुनावी नारा मात्र बनिरहेको छ । उनले भने, ‘सधैं आश्वासन मात्र दिए । अब आश्वासन बाँडेर भोट माग्ने नेताहरू होइन काम गर्न सक्ने नेता चाहिएको छ ।'
यस क्षेत्रका मतदाताले कुनै निश्चित दल वा उम्मेदवारभन्दा चुरे संरक्षण गरेर बस्ती जोगाउनेलाई भोट दिने योजना बनाएका छन् । स्थानीयले बस्ती जोगाउन पटक–पटक माग गर्दै आए पनि चुरे संरक्षण गरेर बस्ती जोगाउने ठोस योजना अहिलेसम्म बन्न सकेको छैन । बस्तीको वरिपरि वर्षात्का समयमा खहरे खोला बग्छन् । त्यसको नियन्त्रणको काम अहिलेसम्म बन्न सकेको छैन । यसअघि निर्वाचित सांसदले सधैं चुनावका बेला आश्वासन दिने गरेको र बस्ती जोगाउने काम अहिलेसम्म नभएको उनीहरूको आरोप छ ।

‘वर्षा लाग्दा बस्नै नसक्ने अवस्था हुन्छ', स्थानीय जगबहादुर विष्टले भने, ‘चारैतिरबाट खहरे खोला बगेर आउँछ । माथिबाट पनि ठूलै खोला आउँछ । बस्ती नै उठिबास हुने डर भइरहन्छ ।' अहिलेसम्म पनि सो ठाउँमा खहरे खोला नियन्त्रणको कुनै काम हुन सकेको छैन । न त सदरमुकामसम्म पुग्ने सहज बाटो नै छ । न त त्यहाँका जनताले अहिलेसम्म भोगचलन गर्दै आइरहेको जमिनको लालपुर्जा नै पाएका छन् ।

‘भएको केही जमिन खोलाले बगर बनाइदिएको छ । बाँकी जमिनसमेत उब्जाउ गर्न कठिन हुने खालको छ', बारकुन्डाकै विष्णुबहादुर बमले भने, ‘अहिलेसम्म जमिनको लालपुर्जासमेत हामीले पाउन सकेका छैनौं' । चुनावमा जिताएर पठाए केही राहत होला भने पनि उल्टै पीडा हुने गरेको बारकुन्डाका स्थानीय बताउँछन् । ‘चुरे संरक्षण गरी खोला नियन्त्रण गर्ने र बस्ती जोगाइदिने भनी यसअघि चुनावकाले भनेकै थिए', उनले भने, ‘जितेर गएपछि एकपटक पनि हामीले यहाँ आएको देखेनौं । न त कुनै विकासको काम नै भयो ।'

चुरेबाट आउने खहरे खोला, खोलाले गर्ने कटानी र लालपुर्जाको मात्रै समस्या होइन, त्यहाँ स्वच्छ खानेपानीसमेत अभाव छ । करिब सात सय घरधुरीको बसोबास रहेको बारकुन्डामा एक हजार आठ सय ३८ मतदाता छन् ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार