• निर्वाचन समाचार
advertisement

नमुना मतदानः प्रदेश समानुपातिक मत न खसेन

लक्ष्मण पोखरेल | बिहिबार, १४ मङि्सर २०७४

प्रदेश ५ रुपन्देही


बुटवलमा भएको नमुना मतदानमा मत खसाल्दै मतदाता । अन्नपूर्ण

बुटवल: बुटवलमा भएको नमुना मतदानमा समानुपातिकको प्रदेशसभामा निकै कम मत खसेको छ ।

वाम गठबन्धन रूपन्देहीले बुटवलमा गरेको नमुना मतदानमा करिब ६ सय मत खसेकोमा झन्डै दुई सय मत प्रतिनिधिसभामा मात्रै खसेको छ ।

रातो रंगको समानुपातिकमा माथि प्रतिनिधिसभा र तल प्रदेशसभाको मतदान गर्नुपर्छ । तर, सहरमै बस्ने मतदाताले समेत एउटामा मात्रै मत खसालेका हुन् । प्रदेश समानुपातिकमा छाप नै लगाएका छैनन् । नमुना मतदानमा प्रायः कार्यकर्ताहरू नैै बढी थिए । ‘प्रत्यक्षभन्दा समानुपातिकमा धेरै मत बदर भएको छ', मतगणना गरेका यादव भण्डारीले भने, ‘समानुपातिकतर्फ प्रदेशसभामा छाप नै लगाइएको छैन ।'

निर्वाचन आयोगले मतदाता शिक्षा दिनका लागि जिल्लामा पाँच सय ९८ जना मतदाता शिक्षा कार्यकर्ता खटाएको छ । मतदाता शिक्षाका नाममा जिल्लामा झन्डै ७९ लाख रुपैयाँ तलबमा मात्रै खर्च भएको छ । तर, उनीहरू मतदातामाझ पुगेका छैनन् ।

‘तीन वटा मतपत्र छन् भन्ने थाहा छ, कुनमा कति भोट हाल्ने थाहै छैन, मोतीपुरका रेशमबहादुर विकले भने, ‘खै कोही सिकाउन आएका छैनन् ।' उनको गाउँमा अहिलेसम्म मतदाता शिक्षा कार्यकर्ता नै पुगेका छैनन् । स्थानीय तहको निर्वाचनमा पनि मतदानस्थलमा पुगेपछि मात्रै मतदान गर्ने तरिका थाहा पाएको उनले बताए ।
जिल्ला निर्वाचन अधिकृत अयोध्या भण्डारीले निर्वाचन सामग्री ढिलो गरी आएकाले मतदाता शिक्षा कार्यक्रम ढिलो भएको बताए । उनले मतदाता शिक्षा नदिने कार्यकर्तालाई तलब घटाएर दिइने बताए ।

रूपन्देहीमा पाँच लाख २२ हजार बढी मतदाता छन् । पाँच सय ९८ मतदान स्थललाई लक्ष्य गरी मतदाता शिक्षा कार्यकर्ता खटाइएको छ । मतदाता शिक्षा दिने पोस्टरहरू मात्रै टाँस्नका लागि प्रतिव्यक्ति तीन हजार खर्चिएको छ ।

दलबाटै मतदाता शिक्षा
जिल्लामा राजनीतिक दलहरूले नै मतदाता शिक्षा दिन सुरु गरेका छन् । वाम गठबन्धनले स्थान विशेषलाई लक्ष्य गरी नमुना मतदान सुरु गरेको छ भने कांग्रेसले मतदाताको घरमै कार्यकर्ता खटाएको छ ।

समानुपातिक र प्रत्यक्ष गरी तीन वटा मतपत्रमा चार छाप लगाउने भन्नेमा धेरैै मतदाता अनभिज्ञ छन् । दलीय गठबन्धनका कारण मतदाता झन् अन्योलमा छन् । कांग्रेसका नगर सभापति खेलराज पाण्डेले मत बदर हुन नदिन मतदाता शिक्षा सुरु गरिएको बताउँछन् । ‘आफ्नो मत बदर हुन नदिन पार्टीले नै अभियान चलाएका छौं, पाण्डेले भने ।

लोकतान्त्रिक गठबन्धनका रूपन्देही क्षेत्र नम्बर २ का चुनाव प्रचार सचिव तेजेन्द्र केसीले हरेक दिन नमुना मतदान गरेर मतदातालाई शिक्षा दिन थालिएको बताए । निर्वाचन आयोगले मात्रै मतदाता शिक्षा दिने नभई दलहरूले नै यस्तो कार्यक्र चलाउनुपर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार