• निर्वाचन समाचार
advertisement

चासोमा 'अखण्ड सुदूरपश्चिम' अगुवाको भिडन्त

खगेन्द्रबहादुर सिंह | बिहिबार, १४ मङि्सर २०७४

प्रदेश ७ डोटी निर्वाचन क्षेत्र - १


आलेमगर र बलायर।

डोटी : कांग्रेस नेता वीरबहादुर बलायर र एमाले नेता प्रेमबहादुर आलेमगरको चुनावी इतिहासमा एउटा संयोग छ- २०६४ सालको चुनावमा दुबै पराजित तर २०७० को चुनावमा दुबै विजयी। दुईवटा निर्वाचन क्षेत्र छँदा अलगअलग चुनाव लडेका यी दुई पात्र जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र कायम भएपछि अहिले एकअर्काका प्रतिस्पर्धी बनेका हुन्।

मन्त्री बलायर २०७० सालको संविधानसभा चुनावमा डोटी क्षेत्र नम्बर १ बाट विजयी भएका थिए भने आलेमगर निर्वाचन क्षेत्र नम्बर २ बाट। २०६४ को चुनावमा उनीहरू आ–आफ्नो क्षेत्रबाट पराजित भएका थिए।

बहालवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बलायर र एमाले केन्द्रीय वैकल्पिक सदस्य आलेमगरबीचको चुनावी भिडन्त यसकारण पनि रोचक बनेको छ कि अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा यी दुईको नेतृत्वदायी भूमिका थियो। २०६९ मा भएको उक्त आन्दोलनमा खेलेको भूमिकाका कारण उनीहरूबीचको चुनावी परिणामको चासो जिल्लामा मात्र होइन, प्रदेश नम्बर ७ भरी नै छ।

गत असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा खसेको मत र विगतका अन्य निर्वाचनमा खसेको मतलाई आधार मान्ने हो भने कांग्रेस अगाडि छ तर एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनको मत जोड्ने हो भने वाम गठबन्धन अगाडि देखिन्छ। मतदाता तान्न बलायर र आलेमगर चुनावी सभाहरूमा एकअर्कालाई आरोप–प्रत्यारोपमात्र त गरिरहेकै छन्, विकासका एजेन्डाहरू समेत सुनाइरहेका छन्।

प्रदेशमा पनि चासो

प्रतिनिधिसभामा मात्र नभएर डोटीका दुई प्रदेशसभा सदस्यमा समेत कांग्रेस र वाम गठबन्धनबीच नै प्रतिस्पर्धा हुने निश्चित छ।

प्रदेशसभामा क्षेत्र (क) मा कांग्रेसका तर्फबाट निवर्तमान सांसद भरतबहादुर खड्का र वाम गठबन्धनका तर्फबाट एमाले जिल्ला अध्यक्ष चक्रबहादुर मल्ल उम्मेदवार छन्। क्षेत्र (ख) मा कांग्रेसबाट योगेन्द्रबहादुर शाही र वाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य त्रिलोचन भट्ट उम्मेदवार छन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार