• निर्वाचन समाचार
advertisement

एक सय २८ मध्ये १ सय ५ स्थान जित्छौँ: महासचिव पोखरेल


काठमाडौं : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले  काठमाडौंका सबै क्षेत्रमा वामगठबन्धनले जित्ने दावी गरेका छन्  । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल काठमाडौंको मिडिया डेक्सले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा बोल्दै नेता पोखरेलले काठमाडौंका सबै क्षेत्र सुनिश्चित भएको बताएका छन् । 

दोस्रो चरणमा मंसिर २१ गते हुने १ सय २८ क्षेत्र मध्ये १ सय ५ क्षेत्र जित सुनिश्चित भएको महासचिव पोखरेलले दाबी गरे । वाम गठबन्धनले काठमाडौंका अधिकांश क्षेत्र सहित दुई तिहाई बहुमत ल्याउने दावी गर्दै पहिलो चरणमा भएको निर्वाचनमा पनि अत्यधिक क्षेत्रमा वाम गठबन्धनको जित सुनिश्चित भएको बताए । 

प्रतिनिधि र प्रदेश सभाको चुनाव  ऐतिहासिक भएको भन्दै महासचिव पोखरेलले सबै मतदातालाई सजग भएर मतदान गर्न आग्रह गरे । निर्वाचनपछि वामगठबन्धनको सरकार बन्ने र त्यसले पाँच वर्षसम्म देशमा आमूल परिवर्तन ल्याउने दाबी गर्दै काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहनुभएका पोखरेलले निर्वाचनपछि बन्ने सरकारले विकास निर्माण, सुशासन, लोककल्याणकारी राज्यको निर्माण गर्ने बताए । संविधान र घोषणापत्रका आधारमा सरकार सञ्चालन हुने उनको भनाई थियो । 

वाम गठबन्धनबाट हतास मनिस्थितिका कारण दुष्प्रचार गरिएको भन्दै पोखरेलले  नकारात्मक प्रचार गरिएकाले त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरे । सरकारले नै योजनाबद्व ढंगले हिंसात्मक गतिविधिलाई प्रशय दिएको महासचिव पोखरेलले आरोप लगाए । ‘हाम्रो गठबन्धन कसैको विरुद्व होइन, गलत प्रचार गर्नुको कुनै अर्थ छैन,-‘उनले भने ।  

महासचिव पोखरेलले अधिनायकवादको कुरा बेकार भएको भन्दै वामगठबन्धनको सरकारले संविधानले प्रदत्त गरेका ३२ वटा मौलिक हक कडाईका साथ पालन गर्ने बताए ।  कांग्रेसकै कार्यकर्ताको घरमा बम भेटिनु गम्भीर कुरा भएको उनको भनाई थियो । ‘हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले कुनै प्रक्रिया अघि बढाएको छैन्, यसले गम्भीर आशंका पैदा भएको छ‍'-उनले भने ।
  
गुल्मीमा कांग्रेस कार्यकर्ताको घरमा भेटिएको बमका सम्बन्धमा नेपाली कांग्रेस तथा सरकारको धारणा सार्वजनिक हुन नसकेको भन्दै दुःख व्यक्त गरे । ‘कम्युनिस्ट समस्या लिएर आउँदैन्, समाधान दिन्छन्‍'-उनले भने । 

नयाँ ढंगले देशको आर्थिक विकासमा लाग्न कम्युनिस्ट गठबन्धन आतुर भएको उनको भनाई थियो ।  चुनावपछि मात्रै पार्टी एकताबारे बहस गरेर टुंगोमा पुगिने महासचिव पोखरेलले बताए । ‘मंसिर ९ गते पार्टी एकता गलत नियतले उठाइएको थियो‍' उनले भने । ‘को के भन्ने र कस्तो रणनीति लिएर पार्टी एकटा गर्ने चुनावपछि बृहत छलफलपश्चात टुंगोमा पुग्ने छौं‍' उनले भने । । 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार